लाइसेन्सको प्रतिलिपि (हराएमा वा बिग्रिएमा)Copy of your licence (lost or damaged)
बायाँका कागजात तयार गर्नुहोस्, अनि दायाँका चरण पालना गर्नुहोस्।Get the documents on the left ready, then follow the steps on the right.
पहिले नै अनलाइन खाता छ?Already have an online account?
लगइन गर्नुहोस् → My License → Duplicate Copy बाट शुल्क तिर्नुहोस्।Log in → My License → pay through Duplicate Copy.
के गर्ने? (चरणहरू)What to do (steps)
- आफ्नै इमेलबाट खाता बनाउनुहोस् (Sign Up)Create an account with your own email (Sign Up)
application.nnc.org.np मा गएर Sign Up थिच्नुहोस्। आफूले सधैं खोल्ने आफ्नै इमेल मात्र राख्नुहोस् — परिषद्का सूचना र कागजात त्यहीँ आउँछन्।Go to application.nnc.org.np and press Sign Up. Use only your own email that you open regularly — council notices and documents are sent there.
- लगइन गरी इमेल प्रमाणित गर्नुहोस्Log in and verify your email
इमेल र पासवर्ड हालेर Login गर्नुहोस्। इमेलमा आएको लिंक थिचेर Email Verification पूरा गर्नुहोस्।Log in with your email and password. Open the link sent to your email to finish Email Verification.
- आफ्नो लाइसेन्स खातामा जोड्नुहोस्Link your licence to your account
My License → Add Existing License थिच्नुहोस्। लाइसेन्स नम्बर, पूरा नाम र कार्यक्रम (Program) लेख्नुहोस्। देखिएको विवरण आफ्नै हो भने Confirm थिच्नुहोस्।Press My License → Add Existing License. Type your licence number, full name and programme. If the details shown are yours, press Confirm.
एउटा खातामा एउटा मात्र लाइसेन्स जोडिन्छ। अर्को कार्यक्रमको लाइसेन्सका लागि अर्कै इमेलबाट नयाँ खाता बनाउनुहोस्।One account holds one licence. For a licence in another programme, create a new account with a different email.
- विवरण भर्नुहोस् र कागजात राख्नुहोस्Fill in your details and upload documents
आधारभूत विवरण र शैक्षिक योग्यता (अनिवार्य) भर्नुहोस्। अनुभव र तालिम ऐच्छिक हुन्। तलको सूचीअनुसार कागजात राखेर Submit थिच्नुहोस्।Fill in basic information and academic qualifications (required). Experience and training are optional. Upload the documents in the list below and press Submit.
- परिषद्को स्वीकृति पर्खनुहोस्Wait for council approval
कर्मचारीले कागजात जाँच गर्छन्। स्वीकृत भएपछि खातामा भुक्तानी गर्ने बटन देखिन्छ।Staff check your documents. Once approved, the payment button appears in your account.
- शुल्क तिर्नुहोस्Pay the fee
My License → Duplicate Copy बाट अनलाइन भुक्तानी गर्नुहोस्। Payment Completed देखिनुपर्छ।Pay online through My License → Duplicate Copy. It must show Payment Completed.
यी कुरा मान्य हुँदैनन्These are not accepted
- फोटोकपीको स्क्यानScans of photocopies
- बैंक भौचरबाट गरेको भुक्तानी — अनलाइन भुक्तानी मात्रPayment by bank voucher — online payment only
- अरूको खाताबाट गरेको भुक्तानीPayment from someone else's account
भुक्तानी गर्दाWhen paying
- भुक्तानी सफल भएको तब मात्र मानिन्छ जब Payment History मा Payment Completed देखिन्छ।Payment counts only when Payment History shows Payment Completed.
- पैसा काटियो तर देखिएन? १ घण्टा पर्खनुहोस्, फेरि नतिर्नुहोस्।Money taken but not showing? Wait 1 hour, do not pay again.
- तिरेको पैसा फिर्ता हुँदैन — तिर्नुअघि रकम जाँच्नुहोस्।Payments are not refunded — check the amount before paying.